-बस्नुपर्दा-भोक-पीडा-र-शोक-29-1 तिमीले मलाई धोका दिनुको कारण,  प्रेमिका लाई अन्तिम पत्र

(आर.जी असफल)

प्रेमिका लाई अन्तिम पत्र

तिमीले मलाई धोका दिनुको कारण प्रेमिका लाई अन्तिम पत्र

मेरो जीवनका ती अनेकौँ उतारचढावहरुलाई म कहाँबाट शुरू गरौँ………
जीवन भोगाइका अविस्मरणीय पलहरू पुन: खाटो बसेको घाउलाई

कोट्याएसरि कोट्याउन मन लाग्यो । अतीतमा तिमीसँग बिताएका

ती पलहरूका याद ले मन भित्रभित्रै काँढेतारमा चङ्गाको धागो

अल्झिएझैँ अल्झिरहेको छ । त्यसैले यो निर्जीव कापीको सेतो

पानामा संसारको सबैभन्दा तागतदार हतियार कलमको साहारा

लिँदै आफ्नो मनभित्र गुम्सिएर रहेका पीडाहरू कोर्न मन लाग्यो ।

तिमीले कहीँ कतै सोच्दै हौली , किन कोट्याउँदै छ विगत र के

का लागि कोट्याउँदैछ ? कतै मेरो बसेको सुन्दर संसार उजाड्न

त होइन ? तिम्रो मानसपटलभित्र अनेकौँ प्रश्नहरू उब्जिन सक्छन् ।

तर त्यस्तो कदापि नसोच्नू है सानू ।
यो मनले कहिले पनि तिम्रो कूभलो चिताउँने छैन, यसमा तिमी

निश्चिन्त भए हुन्छ ।

सुनेको थिएँ आफ्नो मनको पीडा मनमा गुम्स्याएर राख्नु भन्दा

कसैलाई सुनाउँदा कम हुन्छ रे । त्यसैले यो कलमको सहारा लिएर

तिमीसामु यी मनका बहहरू पोख्दैछु । सायद यो भन्दा अर्को उत्तम

बिकल्प नभएर पनि होला । कहीँ कतै मेरा यी पीडा सुन्दा तिमीमा

पुन: म प्रती मायाको आभास हुन सक्छ तर अव तिमीले मनलाई कठोर बनाउँनुपर्छ ।

 

“अन्तरहृदयबाटउत्पत्ति भएका शब्दहरूबाट नै तिमीलाई साइनो लगाउँदैछु ।।”

मेरो प्राणभन्दा प्यारी मेरी प्रिय सानू,
तिमी त पराइको अङ्गालोमा बेरिइ सकेकी छौ , अर्कैको
सिन्दुर शिरमा सजाई सकेकि छौ नाडीभरि अर्कैको चुरा र

गलामा अर्कैको मङ्गलसूत्र लगाई सकेकी छौ ।
त्यसैले मलाई यी मायाले भरिएका प्रिय,सानू जस्ता शब्दहरूले

सम्बोधन गर्ने अधिकार सायदै नहोला । तर पनि अन्तरहृदयबाट

उत्पत्ति भएका शब्दहरूबाट नै तिमीलाई साइनो लगाउँदैछु ।

यो परिवर्तनशील संसार पनि कति बिचित्रको छ है ……..

यहाँ हाँस्नेलाई रुँवाउँछ र रुँनेलाई हँसाउँछ ।
वाह! दैब तेरो लीला बुझ्नै नसकिने कस्तो अच्चम्म छ…..

तिमीले मलाई धोका दिनुको कारण बुझ्नै सकिनँ । कुनै दिन

तिमीसँग संयोगबस भेट भयो भने सोध्न मन छ । आखिर सँगै

हुँदा खाएका ती बाचाकसम र मेरो मायाको गला किन रेट्यौ ?

यस्तै-यस्तै प्रश्नहरु गर्न मन छ ।
यो संसारबाट हार खाइसकेँ, एक्लै जिउँने साहस पलाउँदैन ।

अब तिमी नै भन सानू म के गरूँ, अतीत भुलेर नयाँ जीवन शुरू

गरौँ अथवा अतीत सम्झिँदै पलपल तड्पिएर बसिरहूँ या त यो

देहलाई खरानी बनाइदिऊँ ?

तिमी त पराईको आगनीमा हाँस्दै खेल्दै जिन्दगीको रङ्गिन

दुनियाँमा

रमाइरहेकी हौली है सानू । मैले पनि धेरै सपना देखेको थिएँ । तिमीलाई

जिन्दगीभर आँखामा सजाउँला, सकेसम्म खुसीले तिम्रो मुहार सजाउँला

भनेर ।
तर……..तर मेरो भाग्यमा कहाँ लेखेको रहेछ र ती देखेको सपनाहरू

साकार हुन । पालुवा पलाउँन नपाउँद‌ै सुकेर गए ती अनगिन्ती रङ्गीन

सपनाहरू, काँचको भाँडा जस्तै चक्नाचुर भएर फुटे कोरिएका रङ्गिन

चित्रहरू ।
सानू तिमीलाई सजाएको मुटुभित्र अरू कसैलाई राख्ने हिम्मतै भएन र

चाहिँन पनि । वियोगको पीडामा अनेकौँ नशाहरूको सहारा लिएँ, तर

पनि ती पलहरू मेटाउँन सकिनँ , ती याद हरु भुल्न सकिन। ती याद हरु

मेटाउने अन्तिम विकल्प सायद अव विष बाहेक केही पनि बाँकी छ

जस्तो लाग्दैन ।

हुन त म टेक्ने समाउँने केही नभएको लौरी जस्तै अनाथ…..
सायद यो स्वार्थी संसारमा मनको माया होइन, धनको मायाको

मूल्याङ्कन हुँदो रहेछ । म सँग तिमीलाई दिने थियो त केवल मनको

माया थियो । सायद तिमीले बुझेरै होला जिन्दगी चलाउँन मन मात्र

भएर हुँदैन, धनको पनि उत्तिकै जरुरी हुन्छ । त्यसैले त अाज महल

सजाउँन पुगेकी छ्यौ, होइन र सानु ?

सुन्दैछु आजभोली निकै राम्री भएकी छौ रे, गहनाले पहेँलपुर भएकी

छौ रे अनि कसैकी आमा बनिसकेकी छौ रे , लाखौँ लाख बधाई छ

तिमीलाई । म त भावीले ठगेको मान्छे अनि जसलाई भावीले ठगेको

हुन्छ नी उसलाई मान्छेहरुले पनि त्यही किसिमको नीच व्यवहार गर्दा

रहेछन् । सबैले मलाई पागलको बिल्ला भिराएका छन् । तर तिनीहरूलाई

के थाह यो मन भित्र छचल्किएका पीडा, म त यो स्वार्थी संसारको

कारागारमा राखिएको मृत्यु दण्ड सुनाइएको कैदी जस्तै भएको छु

न भाग्न सक्छु न त आँफै प्राण आहुती गर्न नै ।

अरू त के नै भन्न सक्छु र सानु तिम्रो खुसी नै मेरो खुसी सम्झिएर

जसोतसो जिउँने छु । तिम्रो त्यो ओठको हाँसो र मुहारको खुसीमा

कसैको नजर नलागोस् भनी भगवानसगँ प्राथना गरिरहँनेछु ।
तिमी जहाँ भएपनि, जसकी भएपनि सदैब मुटुभित्र सजाएर राखिरहनेछु ।

उही तिम्रो मायामा पागल
रमन गुरुङ्ग (असफल)

माया पाउनु मात्रै हैन,गुमाउनु पनि माया नै हो,जो कोइले पनि गुमाउन सक्छ तररोएर होइन हासेर बिदा गर्नुस,एक दिन त्यस्को फल पाउनु हुनेछ।

animation-1 तिमीले मलाई धोका दिनुको कारण,  प्रेमिका लाई अन्तिम पत्र
Go to Top